![कपिलवस्तु नगरपालिकामा मत गणना सुरु , जसपाकाे सुरुवाती अग्रता कपिलवस्तु नगरपालिकामा मत गणना सुरु , जसपाकाे सुरुवाती अग्रता](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjs0jGXznps9HkJG9Pj73l8wgp0JiVQszgzdx144XTr2Ozgjxy5T7a5DW5dafGlD8fc7fEPgMdWm-4b7YOhNtu7il92RYa9CblbMhMenXiXInueTIYfoOg35lkar5heRCWZvtaHeU0efVC8VXTSfxSKnkcIA-6bMcenD9iGmqnDCAyQ1OBods13LwOA4g/s320/matganana-bijaynagar.jpg)
कपिलवस्तु नगरपालिकामा मत गणना सुरु , जसपाकाे सुरुवाती अग्रता
Friday, May 13, 2022
Comment
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत कपिलवस्तु नगरपालिकाको मतगणना जारी छ । गएरातिबाट सुरु भएको मतगणनामा जसपाका उम्मेद्वार सुदीप पौडेलले सुरुवाती अग्रता लिएका छन् ।
हालसम्म ४ सय मत गणना हुँदा पौडेलले २ सय ७ मत पाएका छन् । उनका पछि पछि एमालेका उम्मेद्वार डा. राजेश गुप्ता रहेका छन् । उनले ९५ मत पाएका छन् ।
कांग्रेसका किरण सिंहले ५२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
त्यस्तै उपप्रमुखमा जनता समाजवादीकी सुनिता गुप्ताले ११५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलासा पाण्डे गैरेले १०१ मत प्राप्त गरेकी छिन् । कांग्रेसकी नसरिन खातुनले ९१ मत प्राप्त गरेकी छिन् ।
0 Response to "कपिलवस्तु नगरपालिकामा मत गणना सुरु , जसपाकाे सुरुवाती अग्रता"
Post a Comment